images
images
  • सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित, महासचिवमा रेग्मी सर्वसम्मत

    काठमाडौं-  नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली विजयी भएका छन् ।

    शनिबार सम्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओली ९९ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।

    निकटम प्रतिद्वन्दी शिरोमणी ढुंगानाले ९६ मत प्राप्त गरेका थिए । साधारणसभाले उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भएका छन् । वञ्जाराले १३५ मत ल्याएर निर्वाचित भएका हुन् । प्रत्यासी भागवत भट्टराईले ११५ मत प्राप्त गरेका थिए ।

    सेजनको महासचिवमा विश्वास रेग्मी भने निर्विरोध निर्वाचित भएका छन् । सचिवमा सोभित थपलिया निर्वाचित भएका छन् । थपलियाले १०६ मत पाएका छन् भने प्रत्यासी मुना कुँवरले ७९ मत पाएकी छन् ।

    कोषाध्यक्षमा निर्वाचित अच्युत पुरीले १६० मत पाएका छन् भने प्रत्यासी कमला अर्यालले ८५ मत ल्याएकी छन् ।

    सेजन सदस्यहरूमा केशु लामिछाने (१८८), हेमन्त जोशी (१७९), ममता थापा (१५६), छवि सापकोटा (१२८), वसन्तराज उप्रेती (१४५) मतसहित निर्वाचित भएका छन् । सेजनको निर्वाचनमा २५२ मत खसेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images