images
images
  • जर्मनीबाट आइपुग्यो ६२ वटा भेन्टिलेटरहितका स्वास्थ्य सामग्री,जर्मनीका राजदूतद्धारा स्वास्थ्यमन्त्री तामाङलाई हस्तान्तरण


    काठमाडौं । जर्मन सरकारले नेपाललाई ६२ वटा भेन्टिलेटरसहित पठाएको विभिन्न स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

    १ सय १२ थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री मंगलबार भित्रूवन विमानस्थलमा नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड स्याफरले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे।

    यस्तै २० लाख ६८ हजा ५०० थान केएन ९५ मास्क, २९ हजार थान अक्सिमिटर, ३ करोड ४० लाख ३० हजार थान सर्जिकल मास्क, ५ आइसोलेशन टेन्ट, चार सय गमबुट तथा २५ हजार लिटर ह्याण्ड स्यानिटाइजरसहितका सामग्री सहयोग गरेको हो ।

    ती स्वास्थ्य सामाग्री टर्किस एयरलाइन्सबाट नेपाल ल्याइएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images