images
images
  • शेयर बाजारमा ओरालो यात्रा जारी, ०.५४ अंकले घट्यो नेप्से

    काठमाडौं- सेयर बजारको घट्ने क्रमले निरन्तरता पाएको छ। साताको पहिलो कारोबार दिन आज नेप्से २०.५४ अंकले घटेर १९९३.३८ बिन्दुमा झरेको छ ।

    बजारसँगै कारोबार पनि निकै घटेको छ।  आज दिनभरमा २८० धितोपत्रको ३८ लाख ९५ हजार २३६ कित्ता सेयर एक अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँमा कारोबार भएको छ । जुन पछिल्लो करिब ३ महिना यताकै न्यून कारोबार हो ।

    आज सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले घटेर ३८२.१ को बिन्दुमा झरेको छ ।

    आज १३ वटा उपसमूहमध्ये म्युचअल फन्ड उपसमूहको मात्र समूहगत सूचक बढेको छ । आज उक्त उपसमूहको समूहगत सूचक ०.२४ प्रतिशतले बढेको छ । १२ वटा उपसमूहको समूहगत सूचक घटेको छ ।

    आज कुथेली बुखारी स्माल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.६३ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images