images
images
  • शाओमी नेपालको चाडपर्व योजना स् दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर

    काठमाडौं – शाओमी नेपालले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘शाओमी किन्दा उपहार हरेक दिन, बम्परमा थाइल्यान्ड भ्रमण’ योजना सार्वजनिक गरेको छ ।

    यस योजनाअन्तर्गत नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गर्ने ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहार जित्ने अवसर पाउनेछन् ।

    योजनाअनुसार हरेक दिन आठ जना भाग्यशाली विजेताले दुई हजार चार सय उनान्सय रुपैयाँ मूल्य पर्ने रेडमी बड्स ६ प्ले प्राप्त गर्नेछन् । त्यसैगरी, हरेक साता १० जना विजेताले १० हजार नौ सय ९९ रुपैयाँ मूल्य पर्ने रेडमी वाच ६ एक्टिभ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

    बम्पर उपहारतर्फ चार जना भाग्यशाली विजेताले चार दिन पाँच रातको थाइल्यान्ड भ्रमण गर्ने अवसर पाउनेछन् ।

    कसरी सहभागी हुने ?

    योजनामा सहभागी हुन ग्राहकले नयाँ शाओमी वा रेडमी मोबाइल फोन खरिद गरेपछि मोबाइलको पहिचान नम्बर ९७७ ९७०२६६५७९० नम्बरको ह्वाट्सएपमा पठाउनुपर्नेछ ।

    ग्राहकले उक्त नम्बरमा ‘एमआई पहिचान नम्बर १’ वा ‘एमआई पहिचान नम्बर २’ लेखेर आफ्नो मोबाइलको पहिचान नम्बर पठाउन सक्नेछन् ।

    योजनाका विजेता चिठ्ठा प्रक्रियामार्फत छनोट गरिने कम्पनीले जनाएको छ । विजेताको घोषणा शाओमी नेपालको आधिकारिक फेसबुक पृष्ठमार्फत गरिनेछ ।

    मंसिर ९ गतेसम्म सञ्चालन

    शाओमी नेपालको यो योजना असोज ९ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ। योजनामा सहभागी हुने ग्राहकले कम्पनीले तोकेका सम्पूर्ण नियम तथा सर्त पालना गर्नुपर्नेछ ।

    चाडपर्वको अवसरलाई थप विशेष बनाउने उद्देश्यले ल्याइएको योजनामार्फत शाओमी नेपालले मोबाइल फोन खरिद गर्ने ग्राहकलाई विभिन्न उपहारसँगै थाइल्यान्ड भ्रमणको अवसरसमेत प्रदान गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images