images
images
  • शिक्षामा सहयोग गर्न महालक्ष्मी विकास बैंक र रोटरीबीच सम्झौता

    काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेड र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको आधारभूत शिक्षा तथा साक्षरता समितिबीच शिक्षा तथा साक्षरताको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।

    असोज ९ गते अर्थात् सेप्टेम्बर २५ मा भएको सम्झौताअनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रोटरी क्लबमार्फत सञ्चालन गरिने विभिन्न शैक्षिक तथा पूर्वाधार विकाससम्बन्धी परियोजनाका लागि वित्तीय सहयोग उपलब्ध गराउनेछ ।

    सहयोगअन्तर्गत सामुदायिक तथा सार्वजनिक विद्यालयमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी परियोजना सञ्चालन, कम्प्युटर प्रयोगशाला स्थापना लगायत आधारभूत शिक्षा तथा विद्यालयको शैक्षिक वातावरण सुधारमा केन्द्रित परियोजना सञ्चालन गरिने बैंकले जनाएको छ ।

    बैंकका अनुसार सहकार्यले विशेषगरी सामुदायिक तथा सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ वातावरण, स्वच्छता तथा डिजिटल पहुँच सुधारमा योगदान पुग्ने विश्वास गरिएको छ ।

    महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

    यसैबीच, बैंकले हालै भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोगसमेत गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images