काठमाडौं – साताको पहिलो कारोबार दिन सोमबार प्रि(ओपन सेसनमा नेप्से परिसूचक ३.१९ अंकले बढेर २ हजार ६३३ विन्दुमा पुगेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार नेप्से ११.७७ अंकले बढेर २ हजार ६२९.८१ विन्दुमा बन्द भएको थियो।
सोमबारको प्रि(ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि १.१० अंकले बढेको छ।
यस अवधिमा ७२ वटा कम्पनीको १४५ पटक कारोबार भएको छ । कुल २२ हजार ७७१ कित्ता शेयर खरिदबिक्री हुँदा ५३ लाख १९ हजार ६३१ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।
प्रि(ओपन सेसनमा २३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी १३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 
















