images
images
  • राप्ती हाइड्रोले ३० लाख कित्ता हकप्रद शेयर निष्काशनको अनुमति पायो

    काठमाडौं – विद्युत् नियमन आयोगले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ ।

    आयोगले कम्पनीलाई हाल कायम चुक्ता पुँजीको १ः०.२५१४ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिएको हो । स्वीकृतिअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

    हकप्रद शेयरको कुल रकम ३० करोड ८१ लाख २६ हजार २०० रुपैयाँ हुनेछ ।

    यसअघि गत पुस २९ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले १ः०.४६६१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार कम्पनीले आयोगसँग हकप्रद निष्काशनको अनुमति मागेको थियो ।

    तर आयोगले असोज ८ गते कम्पनीलाई माग गरिएको अनुपातभन्दा कम अर्थात् १ः०.२५१४ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न स्वीकृति दिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images