images
images
  • तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं– असोज १२ गते सोमबार तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश तथा साधारणसभाका लागि आजसम्म शेयर खरिद गर्ने लगानीकर्ता योग्य हुनेछन् ।

    यी तीनवटै कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि असोज १३ गते बुक क्लोज गर्दैछन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका शेयरधनीले सम्बन्धित कम्पनीको साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

    शाइन रेसुङ्गाको ६ प्रतिशत बोनस

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले असोज २८ गते बुटवलमा १८औँ वार्षिक साधारणसभा बोलाएको छ । होटल सेफ्रन सि.के.प्रा.लि.मा बिहान ११ः३० बजे सुरु हुने सभाले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सभाले प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि पनि छलफल तथा निर्णय गर्नेछ ।

    सर्वोत्तम पेन्ट्सको १० प्रतिशत बोनस

    सर्वोत्तम पेन्ट्सले असोज २५ गते कैलालीको गोदावरीस्थित होटल जंगल स्पा प्रा.लि.मा पाँचौँ वार्षिक साधारणसभा बोलाएको छ । सभा दिउँसो १ बजे सुरु हुनेछ ।

    सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने तथा संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहबाट एक जना सञ्चालक निर्वाचित गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

    अरुण भ्यालीको ५ प्रतिशत बोनस

    अरुण भ्याली हाइड्रोपावर कम्पनीले असोज २७ गते काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा २९औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा बिहान १० बजे सुरु हुनेछ ।

    सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको लगानी रहेका सहायक कम्पनीले निर्माण गर्ने आयोजनाका लागि कर्पोरेट ग्यारेन्टी दिने तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि पनि निर्णय हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images