images
images
  • मेची भन्सारले दुई महिनामा संकलन गर्‍यो २ अर्ब ८३ करोड राजस्व

    काठमाडौं – मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा २ अर्ब ८३ करोड ३३ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    कार्यालयले साउन र भदौका लागि कुल ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । सो अवधिमा लक्ष्यको ९२.१४ प्रतिशत राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार साउनमा १ अर्ब ४३ करोड ५० लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकामा १ अर्ब २७ करोड ९८ लाख ३७ हजार रुपैयाँ संकलन भएको थियो । साउनमा लक्ष्यको ८९.१९ प्रतिशत राजस्व संकलन भएको हो ।

    त्यस्तै, भदौमा १ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा १ अर्ब ५५ करोड ३५ लाख ३८ हजार रुपैयाँ संकलन भएको छ । भदौमा लक्ष्यको ९४.७३ प्रतिशत राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

    साउनको तुलनामा भदौमा राजस्व संकलनमा सुधार आएको देखिएको छ । भदौमा गत आर्थिक वर्षको सोही महिनाको तुलनामा समेत राजस्व संकलन बढेको छ ।

    मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेका अनुसार चालु आर्थिक वर्षको भदौमा गत आर्थिक वर्ष २०८२/८३ को भदौको तुलनामा राजस्व संकलन ९.४३ प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक वर्षको भदौमा कार्यालयले १ अर्ब ३६ करोड ४४ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

    प्रमुख भन्सार अधिकृत न्यौपानेले सीमापार व्यापारमा आएको क्रमिक सुधार र भन्सार प्रशासनमा गरिएको कडाइका कारण राजस्व संकलनमा सकारात्मक प्रभाव परेको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images