काठमाडौं – नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि सोमबार प्रतितोला १४५ रुपैयाँले घटेर ४ हजार ५१० रुपैयाँमा कायम भएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















