images
images
  • मितेरी डेभलपमेन्ट बैंकले घोषणा गर्‍यो ५ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश

    काठमाडौं – मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव गरेको हो ।

    बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ। त्यसपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

    बैंकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images