काठमाडौं – अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ २ लाख २६ हजार अमेरिकी डलर प्रदान गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई आज उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
तीनवटा प्रवासी नेपाली संस्थाले उपलब्ध गराएको रकममध्ये एनएच नेपाली समाजले १ लाख २० हजार, अमेरिका नेपाल हेल्पिङ सोसाइटीले ९३ हजार र गुरुङ सोसाइटीले १३ हजार अमेरिकी डलर प्रदान गरेका छन् ।
चेक बुझ्दै मन्त्री खनालले मातृभूमिमा परेको विपत्तिका बेला सहयोग उपलब्ध गराएकोमा तीनवटै संस्थाप्रति आभार व्यक्त गरेकाछन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















