images
images
  • सुनको मूल्यमा फेरि वृद्धि, तोलामा ७ सय रुपैयाँ बढ्यो

    काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर २ लाख ९९ हजार ३ सय रुपैयाँ पुगेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ६ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ४ हजार ६ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ४ हजार २ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images