images
images
  • सिटिजन्स म्युचुअल फन्ड-२ को प्रतिफल घोषणा, ४ करोड ४८ लाख बाँड्ने

    काठमाडौं- सिटिजन्स म्युचुअल फन्ड-२ ले प्रतिफल घोषणा गरेको छ। योजनाले गत आर्थिक वर्षका लागि ८ प्रतिशतले हुन आउने ४ करोड ४८ लाख बराबरको नगद(करसहित) लाभांश दिने घोषणा गरेको हो।

    यो सामूहिक लगानी कोष सिटिजन्स बैंक इन्टरनेशनलद्वारा प्रवर्द्धिधत योजना हो। योजनाद्वारा घोषित प्रतिफल अघिल्लो वर्षभन्दा घटेको छ। अघिल्लो वर्ष २०७७/७८ मा योजनाद्वारा वितरित प्रतिफल ४० प्रतिशत थियो।

    योजनाको कोष व्यवस्थापकमा सिटिजन्स क्यापिटल छ। प्रतिफल वितरणका लागि क्यापिटलले भदौ १९ गतेका लागि बुक क्लोज मिति तोकेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images