images
images
  • प्रतितोला ५०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- स्थानीय बजारमा बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

    बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा करोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदी आज प्रतितोला एक हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको छ । बुधबारको तुलनामा चाँदीको मूल्य ३५ रुपैयाँ बढेको हो । बुधबार चाँदी प्रतिताला एक हजार ४ सय २५ रुपैयाँमा करोबार भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images