images
images
  • विभागद्वारा १८ फर्ममा अनुगमन, ४ तरकारी व्यापारीलाई ५० हजार जरिवाना

    काठमाडौं-  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका चार तरकारी व्यापारीलाई ५० हजार जरिवाना गरेको छ ।

    विभागले खरिद बिजविजक नराख्ने प्रयाग पोखरी र इमाडोलका एक–एक तथा बाँसबारीका दुईवटा तरकारी पसललाई बुधबार कारबाही गरेको हो ।

    प्रयाग पोखरीको तरकारी पसललाई २० हजार तथा अन्य तीन पसललाई १०–१० हजार जरिवाना गरिएको छ ।विभागले एकान्तकुनामा रहेको एक खाद्यवस्तुको पसललाई खरिद बिजविजक नराखेको भन्दै ५ हजार जरिवाना गरेको छ ।

    नियमित अनुगमनका क्रममा विभागले कतिपय किराना पसलबाट नमुना परीक्षणका लागि खाद्यवस्तु संकलन गरेको छ भने कतिपयलाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images