images
images
  • नेप्से परिसूचकमा २९.४७ अङ्कले वृद्धि

    काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २९.४७ अङ्कले बढेर २०४५.४५ अङ्कमा कायम भएको छ ।

    आज नेप्सेमा सूचिकृत २७३ कम्पनीको ४२ लाख ३७ हजार ६९ कित्ता शेयर ४४ हजार ३ सय ४० पटक खरिदबिक्री हुँदा एक अर्ब ५१ करोड ४ लाख ८८ हजार नौ सय ८४ बराबरको कारोबार भएको छ ।

    आज सबै समूहका उपसूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक दुई सय ७६.२९ अङ्कले र निर्जीवन बीमा समूहको उपसूचक २३२.२२ अङ्कले बढेको छ ।

    बैंकिङ समूह ९.५४, विकास बैंक ४३.५५, वित्त ३३.८२, होटल तथा पर्यटन ५७.२८ र लगानी समूह १.०७ अङ्कले बढेको छ ।

    त्यस्तै, उत्पादन तथा प्रशोधन ४२.८०, लघुवित्त ६१.८०, म्युचुअल फन्ड ०.१२, व्यापार ५५.४९ र अन्य समूह १३.३७ अङ्कले बढेको छ । कुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर मूल्य आज सबैभन्दा धेरै ९.९९ अङ्कले बढेको छ भने धेरै घट्नेमा सिजिटन्स सुपर–३० म्युचुअल फन्डको शेयर मूल्यमा सात दशमलव ४२ प्रतिशतको गिरावट आएको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको रू ७ करोड ५७ लाख ६५ हजार आठ सय ९४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सोल्टी होटल लिमिटेडको एक लाख ५१ हजार सात सय १३ कित्ता शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images