images
images
  • ‘मिस नेवाः नेपाल’को उपाधि सकिना महर्जनलाई

    काठमाडौं- नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’को उपाधि सकिना महर्जनले जितेकी छन् ।

    कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको फिनालेमा मिस नेवाः नेपालको उपाधि सकिनाले हात पारेकी हुन् ।

    १७ युवतीबीच भएको १७ औँ संस्करणको मिस नेवाः नेपालअन्तर्गत, फस्र्ट रनरअपको उपाधि ऋषिदा श्रेष्ठ र सेकेण्ड रनरअपको उपाधि मिनाशा महर्जनले जित्नुभयो । नेप्लिज फेसन होमको आयोजनामा नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’को कार्यक्रम भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images