images
images
  • सेयर बजार सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो

    काठमाडौ- सेयर साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ८.०१ अंकले बढेर २०३३.१३ विन्दुमा पुगेको हो।

    आज २७१ कम्पनीको ४० लाख ९ हजार २६३ कित्ता सेयर १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ रुपैयाँमा खरिदबिक्री भयो।

    बुधबार नेप्से परिसूचक २०.३१ अंकले घटेर २०१५.१२ विन्दुमा अडिएको थियो। सो दिन १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँमा खरिदबिक्री भएको थियो।

    त्यसअघि आइतबारबाहेक सोमबार,मंगलबार पनि नेप्से परिसूचक ओरालो लागेको थियो।

    नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ। आज एउटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

    सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथको सेयर मूल्य १० प्रतिशतले बढेको हो। यसैगरी लिवर्टी इनर्जी कम्पनीको मूल्य ९.७४ प्रतिशतले बढ्दा अपर स्यांगी हाइड्रोपावरको मूल्य ६.१७ प्रतिशतले बढेको हो।

    कारोबार रकमका आधारमा सोल्टी होटल शीर्षस्थानमा रह्यो। सो कम्पनीको १३ करोड बढी मूल्यको सेयर कारोबार भयो। आईएमई लाइफ इन्स्योरेन्सको ७ करोड र घोराही सिमेन्टको ५ करोड बढीको सेयर कारोबार भयो।

    कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य बढ्यो भने १ को मात्रै घट्यो। यसदिन १३५ कम्पनीको मूल्य ७८ को घट्यो। १२ कम्पनीको मूल्य भने स्थिर रह्यो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images