images
images
  • टेलिकमको चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक, ७.८६ प्रतिशतले घट्यो नाफा

    काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    विवरण अनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले नाफा ७.८६ प्रतिशतले घटेको छ ।

    गत आर्थिक वर्षको असार मसान्त सम्मको खुद मुनाफा ८ अर्ब ४७ करोड ७ लाख ३३ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा (२०८० असार मसान्त) मा ६६ करोड ६२ लाख ७ हजार रुपैयाँले कमी आई ७ अर्ब ८० करोड ४५ लाख २६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको हो।

    नेपाल टेलिकमको आ.व. २०७९/८० को चौथो त्रैमासिकको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको आषाढ मसान्तसम्मको कूल आय ४४ अर्ब ३७ करोड ४६ लाख ५६ हजार रहेको थियो । चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कुल आय ४९ करोड ३६ लाख १६ हजारले वृद्धि भई ४४ अर्ब ८६ करोड ८२ लाख ७३ हजार रहेको कम्पनीको भनाई छ।

    त्यस्तै कम्पनीको कुल सञ्चालन आय ३७ अर्ब ९१ करोड ९७ लाख ८९ हजार रहेकोमा चालु आ.व. को २०८० आषाढ मसान्तसम्ममा १ अर्ब ११ करोड ५८ लाख ५८ हजारले कमी भई ३६ अर्ब ८० करोड ३९ लाख ३० हजार रहेको छ। कम्पनीको प्रति शेयर आम्दानी यस वर्ष ४३.३६ रहेको छ।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images