काठमाडौं- काठमाडौं दिल्ली उडानको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्किएको छ ।
विमानस्थल स्रोतका अनुसार उडान नम्बर २१६ को जहाजको ह्विललक भएका कारण धावनमार्गमै अड्किएको हो ।
एयर इन्डियाको जहाज धावनमार्गमा अड्किँदा करिब ५७ मिनेट त्रिभुवन विमानस्थलमा उडान र अवतरण नै रोकिएको थियो ।
जहाजलाई रनवेबाट ट्याक्टरले तानेर पार्किङस्थल ल्याउने काम भइरहेको श्रोतले बताएको छ ।
एयर इन्डियाको जहाज रनवेमै समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । करिब ४५ मिनेटदेखि जहाजहरु आकाशमै होल्ड भएको श्रोतले जानकारी दिए ।
समस्या आएको एयर इण्डिया २१६ जहाजमा १७९ जना यात्रु थिए ।
प्रतिक्रिया दिनुहोस्























