images
images
  • हिमालयन बैंक र तायो इको रिसोर्टबीच छुट सम्झौता

    काठमाडौ-  हिमालयन बैंक लिमिटेड र तायो इको रिर्सोट होटल प्रालिबीच हिमालयन बैंकका ग्राहकहरूलाई तायो इको रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

    बैंक र तायो इको रिर्सोट बीच भएको सम्झौता अनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा बैंकका ग्राहकवर्गहरु तथा कार्डबाहकहरुलाई १५ प्रतिशत सम्मको छुट प्रदान गर्नेछ।

    हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्डबाट भुक्तानी गर्न सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन्।

    बैंकका कार्डबाहक तथा ग्राहकले अन्य स्थानहरुमा प्राप्त गर्न सक्ने छुटहरुका बारेमा जानकारीका लागि बैंकको वेबसाइटमा हेर्न सकिने छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images