images
images
  • सुनको मूल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँ बढेको हो ।

    आज छापावाल सुन तोलामा एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज तेजाबी सुन तोलामा एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images