images
images
  • नेपाली मोबाइल बैंकिङमा पहिलो पटक अफलाइन सेवा: माछापुच्छ्रे बैंकले ल्यायो ‘टप एण्ड पे’ सेवा

    काठमाडौं- माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ उद्योग क्षेत्रमा पहिलो पटक ईएमभी स्ट्यान्डर्डमा आधारित टोकनाइज प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘टप एण्ड पे’ सेवा सुरु गरेको छ ।

    टोकनाइजलाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिने गरिन्छ । जसमा ग्राहकहरुको खाता विवरणको सट्टा सिष्टम जेनेरेटेड कोडबाट कारोबार हुनेहुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहने बैंकले बताएको छ ।

    माछापुच्छ्रे बैंकले उक्त सेवा सुरु गरेसँगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टहरुबाट पीओएस मार्फत कारोबार गर्दा बैंकको मोबाइल बैंकिङ एप्लिकेसन एमबीएल एम–स्मार्ट प्रयोग गरी आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।

    हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिनेछ र सेवा प्रयोग गरेबापत ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन ।

    बैंकले साझेदारी र सहकार्यलाई आत्मासात गर्दै एफवान सफ्ट इन्टरनेसनल प्रालि, नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र सिटीटेक प्रालिसँगको संयुक्त प्रयासमा उक्त सेवा विस्तार गरेको हो ।

    बैंकले टोकनाइजलाई बिस्तारै अन्य प्रोडक्ट तथा र्सभिस हरुमा पनि प्रयोगमा ल्याउने जानकारी गराएको छ ।

    बैंकिङ क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै अगाडि बढीरहेको माछापुच्छ्रे बैंकले विशेष गरी डिजिटल बैंकिङ क्षेत्रमा अनुसन्धान र खोजलाई प्राथमिकतामा राख्दै नवीनतम सेवा र सुविधाहरु आफ्ना ग्राहकहरु माझ सञ्चालन गर्दै आएको बैंकले जनाएको छ ।

    यसैक्रममा समयसापेक्ष अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिंदै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ सुविधाहरुलाई हरेक तह र तप्कासम्म पु¥याउने उद्देश्यले ‘टप एण्ड पे’ सेवा सञ्चालनमा ल्याएको बैंकले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images