images
images
  • सनराइज फर्स्ट म्युचुअल फन्डमा १३ करोड ७६ लाख बराबरको लाभांश घोषणा

    काठमाडौं- सनराइज फर्स्ट म्युचुअल फन्डले इकाइधनीलाई दिने प्रतिफल बढेको छ। गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा सनराइज म्युचुअल फन्डअन्तर्गत संचालित योजनाले लाभांश घोषणा गरेको हो।

    योजनाले गत आव २०७९/८० को नाफाबाट १६ प्रतिशतले हुन आउने १३ करोड ७६ लाख बराबरको नगद लाभाश वितरण गर्ने घोषणा गरेको छ। सनराइज क्यापिटलको बिहीबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

    योजनाको लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको हो। योजनाले आर्थिक वर्ष ०७८/७९ मा इकाइधनीहरुलाई १२ प्रतिशत नगद लाभांश दिएको थियो।

    उक्त लाभांश वितरणका लागि बुक क्लोज मिति केही दिनमा प्रकाशित गरिने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images