images
images
  • एनआइसी एसिया बैंकले नागरिक लगानी कोषसहित ३ संस्थाको सेयर बिक्री गर्दै

    काठमाडौं- एनआइसी एसिया बैंक लिमिटेडले आफूसँग रहेको तीन संस्थाको संस्थापक सेयर बिक्री गर्ने भएको छ।

    बैंकले सूर्योदय वोमी लघुवित्त, नागरिक लगानी कोष र महुली लघुवित्तको सेयर बिक्री गर्ने भएको हो। यी संस्थाहरुमध्ये बैंकले सूर्योदय वोमी लघुवित्तको ८२ हजार १ सय ५ कित्ता संस्थापक सेयर बिक्री गर्न गोप्य सिलबन्दी आह्वान गरेको छ।

    सेयरको न्यूनतम मूल्य २३७ रुपैयाँ तोकिएको छ। आवेदकले उक्त मूल्य भन्दा कम नहुनेगरी बोलकबोल गर्न सक्नेछन्। सेयर खरिदका लागि न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ।

    यस्तै बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता सेयर बिक्री गर्ने भएको छ। बैंकले उक्त सेयरको मूल्य प्रतिकित्ता ७११ रुपैयाँ तोकेको छ। आवेदकले न्यूनतम १ हजार कित्ता वा अधिकतम १ हजारले भाग जानेगरी सबै कित्ताका लागि प्रस्ताव गर्न सक्छन्।
    यस्तै बैंकले महुली लघुवित्तको ४ हजार ९ सय २० कित्ता संस्थापक सेयर पनि बिक्री गर्ने भएको छ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७७ रुपैयाँ छ। खरिदमा इच्छुकले न्यूनतम ५०० कित्ता वा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ।

    उक्त सेयर खरिदका लागि जो कोहीले आवेदन दिन सक्नेछन्। आवेदन बुधबारदेखि एक साताभित्र बुझाइसक्नुपर्ने सूचनामा उल्लेख छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images