images
images
  • नेप्सेमा २८ अंकको गिरावट, कारोबार रकम १ अर्ब ७३ करोडमा सीमित

    काठमाडौं- साताको तेस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। यसअघि आइतबार र सोमबार निरन्तर ओरालो लागेको सेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको हो।

    नेप्से परिसूचक २८.४० अंकले बढेर २०१९.८५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४.८६ अंकले घटेर ३८५.५६ विन्दुमा अडिएको छ। यसदिन २६५ कम्पनीको ४८ लाख ६० हजार ७४१ कित्ता सेयर १ अर्ब ७३ करोड ७० लाख १४ हजार ४९९ रुपैयाँमा कारोबार भयो।

    सोमबार नेप्से परिसूचक ३.२१ अंकले घटेर २०४८.२६ विन्दुमा पुगेको थियो। सो दिन २ अर्ब ३३ करोड ३५ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो। त्यसअघि आइतबार नेप्से परिसूचक ३८ अंकले घटेको थियो। सो दिन २ अर्ब ६८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

    सेयर बजार दोहोरो अंकले ओरालो लागेपनि दुई कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वरोजगार लघु वित्त विकास बैंकको सेयर मूल्य १० प्रतिशत र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको हो।

    कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको १७ करोड बढि मूल्यको सेयर कारोबार भयो।

    यसैगरी शिवम सिमेन्टको ६ करोड र एभरेष्ट बैंकको ४ करोड बढि मूल्यको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

    आज १९८ कम्पनीको मूल्य घट्दा २२ को मात्रै बढ्यो। २ कम्पनीको मूल्य भने स्थिर रह्यो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images