images
images
  • रिलायबल लाइफको आइपीओ निष्कासन, आजबाट सर्वसाधारणले आवेदन दिन सक्ने

    काठमाडौ- रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्कासन गरेको छ। ९६ लाख कित्ता साधारण सेयरका लागि आवेदन मंगलबारदेखि खुला गरेको हो।

    कम्पनीले सरकारबाट श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याएको कोटाको आइपीओ बिक्री गरेपश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर ल्याएको हो।

    इन्स्योरेन्सको जारी पुँजी ४ अर्ब छ। कम्पनीले यसको कुल ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने योजनाअनुसार १ करोड २० लाख कित्ता साधारण सेयरको १० प्रतिशतले हुन आउने १२ लाख कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीलाई बेचेको छ। यस्तै ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ।

    कम्पनीमा कार्यरत कर्मचारीका लागि भने कम्पनीले अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँका दरले ६ लाख कित्ता सेयर बिक्री गर्ने छ।बाँकी ९६ लाख कित्ता सेयर सार्वजनिक रुपमा सर्वसाधारणमा बिक्री गर्ने गरिने छ।  अर्थात सोही सेयरमा मात्र सर्वसाधारणले आवेदन दिन सक्ने छन्।कम्पनीले कर्मचारी बाहेक बाँकी सर्वसाधरणलाई प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ थप गरि २५७ रुपैयाँका दरले बिक्री गर्ने छ।

    कम्पनीको सेयरमा न्युनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्म आवेदन दिन सकिन्छ। आवेदन आगामी शुक्रबार (साउन २६ गते)सम्म पेस गर्न सकिन्छ। निर्धारित अवधिमा पर्याप्त आवेदन नपरे बिक्री अवधि भदौ ५ गतेसम्म थप गरिने छ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images