images
images
  • राष्ट्रिय वाणिज्य बैंकमार्फत विश्वभर ‘रेमिट्यान्स’ पठाउँदा अब शुल्क नलाग्ने

    काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बैंकले अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फ लगायत विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने ‘आरबीबी रिक्वेस्ट रेमिट’ सुविधा सञ्चालनमा ल्याएको छ।

    आफ्नो वेवसाइट, मोबाइल बैंकिङ (डिजिटल संसार) तथा इन्टरनेट बैंकिङ्गको पोर्टलमा रहेको ‘आरबीबी रिक्वेस्ट रेमिट’ बाट सजिलै रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ।

    यो सुविधा अन्तर्गत विश्वको जुनसुकै देशमा रहेका व्यक्तिले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट, अनलाइन बैंकिङ्ग र ट्रान्सफर प्रयोग गरी बैंकको ‘आरबीबी रिक्वेस्ट रेमिट’ पोेर्टलको ‘सेन्ड रेमिट’ मार्फत रकम पठाउन सक्नेछन्।
    साथै, नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टल मार्फत अनुरोध गर्न सक्नेछन्। यसरी रकम पठाउँदा ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन भने रेमिट्यान्स पठाएको केही मिनेटमै नेपालमा रहेको कुनै पनि बैंक खातामा (ग्राहकले भरेको) रकम डिपोजिट हुनेछ। ग्राहकले विनिमय सटही दर पनि हेर्न सक्नेछन्।

    राष्ट्रिय वाणिज्य बैंक र ललित मनि ट्रान्सफरको सहकार्यमा यस्तो सुविधाको व्यबस्था भएको हो। यस कार्यकालागि ललित मनि ट्रान्सफरको विदेशी साझेदारी अनलिमिटेड रेमिटसँग रहेको छ। ग्राहकहरुले सुरक्षित रुपमा बैंकको वेवसाइट , मोबाइल बैंकिङ (डिजिटल संसार), तथा इन्टरनेट बैंकिङको पोर्टल लगिन वा सोझै (लिंक) माध्यमबाट बिना झन्झट एकै क्लिक गरी घरमै बसेर पठाउने र पाउने दुवैले रेमिटान्स सुविधाको उपयोग गर्न सक्नेछन्।

    बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ, क्यूआर कोड सेवा, पीओएस सेवा, डेबिट कार्ड, क्रेडिट कार्ड, कन्नेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ्ग तथा बिना इन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन्।

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images