images
images
  • सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम २ अर्ब ३३ करोडमा सीमित

    काठमाडौं- सेयर बजारमा सामान्य अंकले करेक्सन आएको छ। सेयर कारोबार साताको दोस्रो दिन आज नेप्से परिसूचक ३.२१ अंकले घटेर २०४८.२६ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स १.५९ अंकले घटेर ३९०.४३ विन्दुमा पुगेको छ।

    यसदिन २६७ कम्पनीको ६६ लाख ४७ हजार १४३ कम्पनीको २ अर्ब ३३ करोड ३५ लाख ७३ हजार २९७ रुपैयाँमा खरिदबिक्री भयो। आइतबार नेप्से परिसूचक ३८ अंकले घटेको थियो। सो दिन २ अर्ब ६८ करोड बढि मूल्यको सेयर कारोबार भएको थियो।

    आज नेपाल रिपब्लिक मिडियाको ९.९९ र गुराँस फाइनान्सको ९।९४ प्रतिशतले सेयर मूल्य बढ्यो। कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४३ करोड ६२ लाख ५९ हजार ३४८ रुपैयाँको सेयर कारोबार भयो। नेपाल रिपब्लिक मिडिया ८ करोड २५ लाख मूल्य बराबरको सेयर कारोबार गरी दोस्रो स्थानमा रह्यो।

    कारोबारमा आएका १३ उपसमूहमध्ये ९ को मूल्य बढ्यो भने ४ को घट्यो। बैंकिङ,हाइड्रोपावर,इन्भेस्टमेन्ट र अदर्श उपसमूहको सूचक नकारात्मक देखिएको हो।

    ११६ कम्पनीको मूल्य बढ्दा १०० को घट्यो भने ८ को स्थिर रह्यो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images