images
images
  • नबिल बैंकको नाफा ७६.८६ प्रतिशतले बढ्यो, लाभांश क्षमता कति ?

    काठमाडौं- नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म सात अर्ब ५२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

    बैंकले आइतबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा नाफा ७६.८६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष बैंकले चार अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    गत वर्षभन्दा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बैंकले वृद्धि गर्न सफल भएको छ । बैंकले गत वर्ष खुद ब्याज आम्दानी १०१.६३ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत वर्ष खुुद ब्याजमार्फत १७ अर्ब ९८ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

    गत वर्षको अन्त्यसम्म बैंकले फि तथा कमिसनबापत दुई अर्ब ८९ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

    सञ्चालन मुनाफाबापत गत वर्षको अन्त्यसम्म ११ अर्ब एक करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यो शीर्षकमा बैंकले ६ अर्ब २८ करोड १५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

    बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको अन्त्यसम्म बैंकको खराब कर्जा ३।२० प्रतिशत पुुगेको छ । अघिल्लो वर्ष खराब कर्जा १.६२ प्रतिशत थियो ।

    त्यस्तै गत आर्थिक वर्षसम्म तीन खर्ब ३२ करोड ६९ करोड ८८ लाख रुपैयाँ बैंकको कर्जा लगानी भएको छ । अघिल्लो वर्ष तीन खर्ब २० करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकले गत आर्थिक वर्षसम्म तीन खर्ब ९५ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन भएको छ ।

    कम्पनीको वितरणयोज्ञ मुनाफा ३६.६१ प्रतिशतले बढेको छ । बैंकको गत वर्षसम्मको वितरणयोज्ञ मुनाफा तीन अर्ब ९६ करोड १० लाख रुपैयाँ रहेको छ । गत वर्ष यस्तो नाफा दुई अर्ब ८९ करोड ९५ लाख रुपैयाँ थियो ।

    उक्त वितरणयोज्ञ मुनाफा अनुसार बैंकको यो वर्षको लाभांश क्षमता १४ रुपैयाँ ६४ पैसा रहेको छ । यो भनेको एक कित्ता सेयर बराबर सेयरधनीलाई नबिल बैंकले १४।६४ प्रतिशत लाभांश दिन सक्छ ।

    कम्पनीको चुक्तापुँजी २७ अर्ब पाँच करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा २७ अर्ब सात करोड सात लाख रुपैयाँ सञ्चित गरेको छ ।

    बैंकको प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ६९ पैसा रहेको छ भने प्रतिशतेयर आम्दानी २७ रुपैयाँ ८२ पैसा रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images