काठमाडौं- ‘ई–सेवा’ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालालाई ‘वल्र्ड कन्फेडेरेसन अफ बिजनेस’, ह्युस्टन, टेक्सस, अमेरिकाले प्रतिष्ठित ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ बाट सम्मान गरेको छ।
रेमिट्यान्स उद्योगमा २० वर्षभन्दा बढी समर्पित सेवाका साथ कोइराला असल नेतृत्वको उत्कृष्ट नमुना पनि बनेको कम्पनीले जनाएको छ।
उनी ‘म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल’ (एमएएन)अवार्ड २०२२ मा ‘म्यानेजर अफ द इयर’ बाट पनि सम्मानित भएका थिए।
‘वल्र्ड कन्फेडेरेसन अफ बिजनेस’ ले विश्वभरका विभिन्न संस्थाहरूको व्यावसायिक उत्कृष्टतालाई द बिज अवार्ड, सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार पुरस्कार प्रदान गरेको थियो।
वल्र्ड कन्फेडेरेसन अफ बिजनेसको मिशन विश्वव्यापी रूपमा व्यापार विकासलाई प्रवद्र्धन, बृद्धिलाई सहजीकरण र अग्रणी कम्पनीहरू र उद्यमीहरूको सफलतालाई मान्यता दिई, उनिहरुले प्रदान गर्ने सेवाहरू लाई विश्वभर चिनाउने एक मध्यम हो।


विश्व खबर 

















