images
images
  • सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

    यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । गएको शुक्रबार उक्त सुनको मूल्य तोलाको एक लाख १२ हजार २०० रुपैयाँ तोकिएको थियो ।

    तेजाबी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

    प्रतिक्रिया दिनुहोस्
    images
    images