काठमाडौं- कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर साउन १९ गतेदेखि भदौ १ गतेसम्म बिक्री गर्ने भएको हो ।
बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १०५ रुपैयाँ रहेको छ ।
रिद गर्न इच्छुक लगानीकर्ताहरुले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
बैंकको सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















