images
images
  • सिद्धार्थ बैंकको खुद नाफा ३ अर्ब १९ करोड पुग्यो

    काठमाडौं- सिद्धार्थ बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको नाफा ९.९१५ ले वृद्धि भएको हो ।

    यसअबधीमा खुद ब्याँज आम्दानीमा सुधार भएपछि खुद नाफा पनि बढेको देखिएको छ । खुद ब्याज आम्दानी २३.९७५ ले बढेर ८ अर्ब १७ करोड रुपैयाँ नाघेको छ ।

    खुद फि तथा कमिसन आम्दानीमा पनि सामान्य सुधार भएको छ । जसका कारण सञ्चालन नाफा ९.८३५ ले बढेर ४ अर्ब ६८ करोड ५७ लाख पुगेको छ । यता, कम्पनीको रिजर्भ कोष बढेर १० अर्ब नाघेको छ ।

    खराब कर्जा भने अघिल्लो वर्ष १.०७५ रहेकामा अहिले बढेर २.०१५ पुगेको छ । इक्विटीमा प्रतिफल (आरओई) र सम्पतिमा प्रतिफल (आरओए) क्रमशः १३.५६५ र १.१६५ रहेको छ । खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि २।०४ रुपैयाँले बढेर २२.६४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १८०.७३ रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images