images
images
  • ‘वल्र्डलिंक’को व्यापार १८ प्रतिशतले बढ्यो, ९.३९ अर्ब पुग्यो

    काठमाडौं-  इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकले सन् २०२१र२२ मा ९ अर्ब ३९ करोड रुपैयाँको कारोबार गरेको छ।

    अघिल्लो वर्ष २०२०/२१ को भन्दा वल्र्डलिंकले २०२१/२२ मा १ अर्ब ४३ करोड रुपैयाँ बढी व्यापार गरेको छ।

    २०२०/२१ मा कम्पनीले ७ अर्ब ९५ करोड रुपैयाँको कारोबार गरेको थियो। २०१९/२० मा वल्र्डलिंकको व्यापार ६ अर्ब ५४ करोड रुपैयाँ थियो।

    वल्र्डलिंकले मार्च २०२३ मा ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टबाट १ अर्ब ८ करोड रुपैयाँ र डोल्मा इम्प्याक्ट फन्डबाट ९० करोड रुपैयाँ लगानी भित्र्याएको थियो। यससँगै कम्पनीमा विदेशी लगानीबाट संकलित पुँजी ३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ।

    वल्र्डलिंकले नेपालको इन्टरनेट बजारको २९ प्रतिशत बजार हिस्सा ओगटेको केयर रेटिङ्स नेपालको रेटिङ विवरणमा उल्लेख छ। फाइबर इन्टरनेटको हकमा वल्र्डलिंकको बजार हिस्सा ३० प्रतिशत रहेको देखिन्छ।

    अप्रिल २०२३ सम्म कम्पनीसँग ७ लाख ७२ हजार ग्राहक छन्। नेपालको ४० प्रतिशत इन्टरनेट ब्यान्डविथ वल्र्डलिंकले देशका ७० बढी जिल्लामा र्पुयाइसकेको छ।

    वल्र्डलिंकले ५ अर्ब १९ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको छ। २ अर्ब १८ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी ए र ३ अर्ब रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए टु प्लस रेटिङ पुनस्पुष्टि गराएको छ।

    कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवाल हुन्। मनोजकुमार अग्रवाल कम्पनीको कार्यकारी निर्देशक छन्।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images