images
images
  • प्रतितोला ६०० घट्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँ घटेको छ । छापावाल सुन तोलामा एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    महाशाखाका अनुसार मंगलबार सुन तोलामा ४०० रुपैयाँ बढ्दा १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको भाउ पनि घटेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले घट्दा बुधबार १४६० रुपैयाँमा कारोबार भइरहेको छ।

    र चाँदी १४७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔंस १९५०।२६ डलर पुगेको छ। चाँदी प्रतिऔंस २४।३३ डलरमा कारोबार भइरहेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images