काठमाडौं- सन् २०२२ मा नेपालको सूचना प्रविधि क्षेत्रका कम्पनीहरुले ५१ करोड ५४ लाख अमेरिकी डलर अथवा ६७ अर्ब ९३ करोड नेपाली रुपैयाँ बराबरको आईटी सेवा निर्यात गरेका छन् ।
नेपालको आईटी क्षेत्रको निर्यात अघिल्लो वर्ष सन् २०२१ को तुलनामा ६४.२ प्रतिशतले बढेको छ । सन् २०२१ मा ३१ करोड ३९ लाख अमेरिकी डलरको निर्यात भएको थियो ।
यस्तै, नेपालका कम्पनीहरुले सन् २०२० मा ३० करोड ८३ लाख अमेरिकी डलरको आईटी सेवा तथा उत्पादन निर्यात गरेका थिए ।
एकीकृत विकास अध्ययन संस्थान (आईआईडीएस)ले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।
आईआईडीएसका अनुसार निर्यात गर्ने आईटी कम्पनीको संख्या सन् २०२२ सम्ममा १०६ पुगेको देखाएको छ । यी कम्पनीमा ४१ लाख २६ हजार अमेरिकी डलर अथवा पाँच अर्ब ४२ करोड नेपाली रुपैयाँ लगानी भएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















