images
images
  • लगातार ५ दिन घटेको नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम खुम्चियो

    काठमाडौं- चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएपछि लगातार पाँच कारोबार दिन घटेको नेप्से परिसूचक सोमबार बढेर बन्द भएको छ ।

    यस दिन नेप्से परिसूचक ५.८४ अंकले वृद्धि भएर २१०६.१८ विन्दुमा रोकिएको हो । आइतबार नेप्से परिसूचक २६.७३ अंकले घटेको थियो ।

    सोमबार कारोबार रकम भने घटेको छ । एक अर्ब ८५ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । आइतबार दुई अर्ब ४८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

    आज म्युचुअल फन्ड, ऋणपत्र र सेयर गरी २६२ धितोपत्रको ५५ लाख ३१ हजार ७३७ कित्ता खरिद–बिक्री भएको छ ।

    विन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ४.३१ प्रतिशतले घटेको छ ।

    शिवम् सिमेन्टको सेयर कारोबारले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको आठ करोड आठ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    कारोबारमा आएका १३ मध्ये म्युचुअल फन्ड, माइक्रोफाइनान्स र हाइड्रोपावर समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक बढेको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.०५ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.१ प्रतिशत र हाइड्रोपावर समूहको परिसूचक ०.३७ प्रतिशतले घटेको छ ।

    सर्वाधिक परिसूचक वृद्धि हुनेमा व्यापार समूह छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images