images
images
  • मुटु रोग विशेषज्ञ डा.विकास सुवेदीको कोरोना संक्रमणबाट निधन


    काठमाडौं । मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

    काठमाडौंस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका संस्थापक रहेका ४२ वर्षीय डा. सुवेदीको आइतबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका डा. अमृत भुसालका अनुसार बिरामीको उपचारकै क्रममा उनलाई २५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

    संक्रमण देखिएसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमा १० दिनसम्म उनको उपचार गरिएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि डा. सुवेदीलाई थप उपचारका लागि ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images