images
images
  • पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

    चितवन- नारायणगढ-मुग्लिन सडकखण्डमा आज बिहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।

    सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोला पुल नजिक आइतबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् ।

    अविरल वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो झर्दा सडक अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।

    कार्यालयका अनुसार तयारी अवस्थामा रहेको डोजरलगायत मेसिन पहिरो झरेको स्थानतर्फ पठाइएको छ । पहिरो धेरै ठूलो नभएकोले पन्छाउन केही समय लाग्ने कार्यालयले बताएको छ ।

    पहिरोका कारण यस सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images