images
images
  • यी ७ ब्रोकर कम्पनीले पाए नेप्सेबाट कारोबार सदस्यता

    काठमाडौं- नेपाल स्टक एक्सचेन्ज नेप्सेले थप ७ नयाँ ब्रोकरलाई ब्रोकर सदस्यता प्रमाणपत्र दिएको छ।

    नेप्सेले (आज) शुक्रबार थप ७ वटा कम्पनीलाई ब्रोकर सदस्यता दिएको हो।

    ब्रोकर सदस्यता पाउनेमा एलिट स्टक हाउस लिमिटेड, इन्डेक्स सेक्युरिटिज लिमिटेड, इन्फिनिटी सेक्युरिटिज लिमिटेड, शुभकामना सेक्युरिटिज लिमिटेड, हातेमालो फाइनान्सियल सर्भिसेस प्रालि, मनि वल्ड शेयर एक्सचेन्ज प्रालि र कलश सेक्युरिटिज प्रालि रहेका छन्।

    यी कम्पनीले अब सिडीएसबाट राफसाफ सदस्यता लिएपछि कारोबार सुरु गर्न सक्ने छन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images