images
images
  • अपडेट: चन्द्रागिरीमा मारुती कार दुर्घटना हुँदा २ जनाको मृत्यु

    काठमाडौं- काठमाडौंको चन्द्रागिरि नगरपालिकामा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे घर भएका ४५ वर्षका अनिल तामाङ रहेको प्रहरी वृत्त थानकोले जानकारी दिएको छ।

    थानकोटबाट चित्लाङ जाँदै गरेको वा १० च ३५४६ नम्बरको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए।

    गाडीमा पाँच जना सवार रहेकोमा ३ जनालाई सकुशल उद्धार गरिरएको प्रहरीले बताएको छ।

    गाडी सडकबाट खसेर भीरको बीचमा अड्किएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images