images
images
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ३७ शाखा कार्यालय बन्द (सूचीसहित)

    काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना ३७ शाखा कार्यालय बन्द गर्ने भएको छ ।

    साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्ज पश्चात् ३७ वटा शाखा कार्यालय बन्द हुने जनाइएको छ ।

    बैंकले एउटै स्थानमा रहेका दुई शाखा गाभेर एउटा शाखाबाट मात्रै कारोबार गर्ने बताएको छ । बैंकले साबिकको मेगा बैंकका ३३ शाखा बन्द गरी इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय भएको ठाउँबाट कारोबार गर्नेछ ।

    त्यस्तै, साबिकको इन्भेष्टमेन्ट बैंकको ४ शाखा बन्द गरी साबिकको मेगा बैंकको शाखाबाट कारोबार गर्ने जनाएको छ ।

    शाखा समायोजन तथा स्थानान्तरण भएका १६ वटा शाखा कार्यालयबाट साउन १३ गते र २१ वटाबाट साउन २० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने बैंकले जनाएको छ ।

    गाभिएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत पुस २७ गतेदेखि एकीकृत कारोबार गरेको थियो ।

    NIMB Bnak

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images