images
images
  • ‘मिस युनिभर्स नेपाल’ चौथो संस्करणका लागि आवेदन खुला

    काठमाडौं- उमंग क्रियसनले मिस युनिभर्स नेपालको लागि आवेदन आह्वान गरेको छ । सो संस्थाले चौथो संस्करणको मिस युनिभर्सको लागि आवेदन आह्वान गरेको हो ।

    बिहीबार पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा उमंग क्रियसनकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले निवेदन आह्वान गरिएको जानकारी दिएकी छन् । उनका अनुसार यो वर्षदेखि आवेदनमा पनि व्यापक परिवर्तन र फेरबदल गरिएको छ ।

    यसअघि मिस युनिभर्सका संस्करणमा तौल र उचाइको मापदण्ड भए पनि यो वर्षदेखि ती दुबै मापदण्ड हटाइएको छ । यो वर्षदेखि विवाहित महिला र आमाहरुले पनि यो प्रतियोगितामा सहभागी हुन पाउने भएका छन् ।

    प्रतियोगिताका लागि अगष्ट ३ सम्म मिस युनिभर्स नेपालको वेभसाइट र खल्ती एपबाट आवेदन दिन सकिने आयोजक पक्षले जानकारी दिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images