images
images
  • लगातार तेस्रो दिन पनि घट्यो नेप्से, यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

    काठमाडौं- साताको चौथो कारोबारको दिन अर्थात मौद्रिक नीति पछिको लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा गिरावट भएको छ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.११ अंकले घटेर २१५६.२० बिन्दुमा बन्द भएको छ ।

    आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६० कम्पनीको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर किनबेच हुँदा आज २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७६९ रुपैयाँको कारोबार भएको छ ।

    आज किसान लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ६.९६ प्रतिशत अथवा प्रतिकित्ता ६६ रुपैयाँ ७० पैसाले बढेर प्रतिकित्ता १ हजार २५ रुपैयाँ कायम रहेको छ ।

    साथै, ग्रीन डेभलपमेन्ट बैंकको ६.५८ प्रतिशत, बराही हाइड्रोपावरको ३.४० प्रतिशत, वरुण हाइड्रोपावरको २.७९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

    आज जाल्पा सामुदायीक लघुवित्तको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ६.४९ प्रतिश अथवा प्रतिकित्ता १०३ रुपैयाँ ३० पैसाले घटेर प्रतिकित्ता १ हजार ४८९ रुपैयाँ कायम रहेको छ ।

    साथै, युनिभर नेपालको ६.३३ प्रतिशत, सिटिजन्स म्युचुअल फण्डको ५.४८ प्रतिशतले सेयर मूल्य घटेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images