बाँक- बाँकेको नरैनापुर गाउँपालिका–५ भगवानपुरघाट स्थित राप्ती नदिको भंगालोमा फसेका २६ जनाको सकुशल उद्धार गरिएको छ।
मङ्गलबार बेलुका सशस्त्र प्रहरीको टोलीले भंगालोमा फसेका २६ जनाको सकुशल उद्धार गरेको हो।
नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय बासिन्दाहरू भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासि नदिको बहाव बढेपछि भंगालोमा फसेका थिए।
सशस्त्र प्रहरी बल नेपाल नं ३० बागेश्वरी गण बाँके र बिओपी गंगापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोली आवश्यक उद्धार सामाग्री सहित तत्कालै उक्त स्थानमा खटिई उनीहरूको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्





















