images
images
  • अष्ट सहकारीका अध्यक्षसहित १० जना विरुद्ध ठगी मुद्दा दायर, ३ करोड बढीको बिगो दाबी

    काठमाडौं- काठमाडौंको अष्ट बचत तथा ऋण सहकारीका अध्यक्षसहित १० जनाविरुद्ध ठगी मुद्दा दायर भएको छ ।

    बचकर्ताको रकम हिनामिना गरी फरार भएका अनिल खड्कासहित १० जना विरुद्ध सहकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको हो ।

    सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष अनिल खड्का, उपाध्यक्ष बिजय खड्का, सचिव जिवन बुढाथोकी, कोषाध्यक्ष कुम्भराज जोशी, सदस्य प्रकाश खड्का, शुसिल बिक्रम राणा, शुसिल बोहरा, लेखा समिति सदस्य सुवास बुढाथोकी, बबिता खड्का र संयोजक गोबिन्द बुढाथोकीलाई प्रतिवादी बनाइएको छ। उनिहरुले बचतकर्ताको रकम ठगी गरेको आरोप छ। बचतकर्ताले आफुले जम्मा गरेको रकम फिर्ता नपाएपछि प्रहरीकहाँ पुगेका थिए।

    काठमाडौं प्रहरीले ६२ जनाको जाहेरीमा ३ करोड ३२ लाख ९५ हजार ५३९ रुपैयाँ बिगो दाबी सहित मुद्दा दायर गरेको हो । करिब एक वर्षयता बचकर्ताको रकम फिर्ता नगरी समस्यामा रहेको सहकारीका सञ्चालक र व्यवस्थापक विरुद्ध अभियोपत्र दायर भएको हो ।

    सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ स्थायी घर भएको खडका भने हाल फरार रहेको अभियोग पत्रमा उल्लेख छ । सोहो ठाउँ स्थायी घर भएका सहकारीका सञ्चालक प्रकाश खड्का, सुवास बुढाथोकी र सहकारीकै लेखा समिति सदस्य बबिता खड्कालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

    सोही स्थान स्थायी घर भएका सहकारीका उपाध्यक्ष विजय खड्का, सचिव जीवन बुढाथोकी पनि फरार छन् ।

    यस्तै सहकारीका कोषध्यक्ष कुम्भराज जोशी, सञ्चालकहरु सुशील बिक्रम राणा, सुशिला बोहोरा, पनि फरा छन् । फरार रहेका लेखा समिति सदस्य गोबिन्द बुढाथोकी पनि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– २ कै बासिन्दा हुन् ।

    २०७५ देखि सहकारीको व्यवस्थापकको रुपमा काम गर्दै आएका खड्का २५ पुस २०७७ मा सम्पन्न संस्थाको साधारणसभाबाट अध्यक्ष बनेका थिए । त्यसपछि संस्थाले साधारणसभा गरेको छैन ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images