images
images
  • सुन चाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- बुधबार सुन र चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

    आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० र चाँदीको मूल्य १४ सय ६५ रुपैयाँ कायम भएको छ ।

    मंगलबार एक लाख १२ हजार २ सय रुपैयाँमा छापावाल र एक लाख ११ हजार ६५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

    यस्तै, १४ सय ६५ रुपैयाँमा चाँदीको खरिद बिक्रि भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images