images
images
  • सुनको मूल्य फेरि बढ्यो, चाँदीको भने घट्यो

    काठमाडौं- मंगलबार सूनको मूल्य बढेको छ । यस दिन चाँदीको मूल्यमा भने गिरावट आएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतिलोता २ सय रुपैयाँले बढेर १ लाख १२ हजार २ सय रुपैयाँ पुगेको छ । सोमबार यसको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ थियो ।

    यसैगरी, मंगलबार तेजावी सुनको मूल्य पनि २ सय रुपैयाँले नै बढेर १ लाख ११ हजार ६ सय ५० रुपैयाँ पुगेको छ । सोमबार यो सुनको मूल्य १ लाख ११ हजार ४ सय ५० रुपैयाँ थियो ।

    मंगलबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । सोमबार १ हजार ४ सय ६० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १ हजार ४ सय ५५ रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images